उपचारका लागि आर्थिक सहयोगको अपिल | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

उपचारका लागि आर्थिक सहयोगको अपिल

काठमाडौं, २५ भदौ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि चितवनको भरतपुर अस्पताल भर्ना भएकी बिन्दु ढकाल भट्टराईको परिवारले सहयोगका लागि अपिल गरेको छ । तनहुँको बन्दिपुर गाउँपालिका–३ की बिन्दुको जीवनरक्षाका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको हो ।

बिन्दु दुवै मृगौला फेल भएपछि गत वैशाख १ गतेदेखि चितवनको भरतपुर अस्पतालमा उपचाररत छिन् । ४२ वर्षीया भट्टराईका श्रीमान मनोहर भट्टराईले थप उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेका हन् ।

“सरकारले निशुल्क मृर्गौला डायलिसिस हुन्छ भनेपनि औषधी र इन्जेक्सन किन्दा हप्तामा १३ हजार रुपैयाँ भन्दा बढी खर्च लाग्ने गरेको छ । हप्ताको दुुई दिन डायालासिस गर्नुपर्छ” बिन्दुका श्रीमान मनोहरले भने,“घरमा आम्दानी छैन्, आफ्नो कमाई छैन्, कमाइ भएकी इन्दु बिरामी छिन्, म पनि उनको हेरचाहका लागि सबै छाडेर बसेको छु, घरमा बुढी आमा मात्रै हुनुहुन्छ । वैशाखदेखि उनको उपचारको लागि चितवनको भरतपुरमा बस्दै आएका छौं । घरको विचल्ली छ । डायलासिस गर्न पनि गाह्रो भएको छ ।”

उपचारकै क्रममा आफुसँग भएको रकम खर्च भइसकेको र थप उपचारका लागि समस्या परेको उनले सुनाए । बिरामीलाई बचाउन मिर्गौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको चिकित्सकले बताएको बिन्दुका श्रीमान मनोहरले बताए ।

श्रीमतीलाई मृगौला प्रत्यारोपण गरेर बचाउन चाहेका मनाहरले चिकित्सकले चाडो भन्दा चाडो आर्थिक सहयोग जुटाएर तयारी अवस्थामा बस्न सल्लाह दिएको सुनाए । मनोहरले देश विदेशमा रहेका सबैमा सहयोग गरी श्रीमतीको उपचारमा सहयोग गर्न याचना गरेका छन् । बिन्दुका एक छोरा र एक छोरी छन् । बिन्दुले केही गर्न सक्ने उमेरमै मिर्गौला फेल भई थला परेपछी आर्थिक अवस्था थप नाजुक बनेको परिवारको भनाइ छ ।

शुभेच्छुकले सनराइज बैंकको सत्यदेवी ढकालको नाममा रहेको खाता नं ०३४१४ १००५२ ४८३९ ०००००१ नम्बरमा सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले आग्रह गरेको छ ।

बिन्दुको ३५ दिनसम्म आइसीयुमा राखेर उपचार गरेपछि अहिले पनि सोही अस्पतालमै उपचार भइरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);