३० प्रहरी कर्मचारीले लिए हलुका सवारी चालक तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

३० प्रहरी कर्मचारीले लिए हलुका सवारी चालक तालिम

काठमाडौं,२५ भदौ । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २६औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।

तालिम समापनको अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । प्रहरी उपरीक्षक कर्णले नेपाल प्रहरीमा रहेका परिमार्जित भएर आएका नयाँ प्रविधिका सवारी साधनहरुको बारेमा प्रशिक्षार्थीहरूलाई तालिममा ज्ञान, सीप प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अन्जन राज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत भदौ ४ गतेबाट संचालित १६ कार्यदिन अवधि रहेको उक्त तालिममा जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);