६२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

६२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

काठमाडौं, २९ मंसिर । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

सोही कार्यालयमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक चौधरीले संगठनले प्रदान गरेको अवसरलाई सदुपयोग गरी तालिमपश्चात आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै संगठनको छवि तथा गरिमा उच्च हुने गरी काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो । तालिमले व्यक्तिगत तथा व्यावसायिक दृष्टिकोणले समेत प्रशिक्षार्थीहरुको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दल राम टमटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत भदौ ३० गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ४१ जना गरी जम्मा ६२ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);