३० प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

३० प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम

काठमाडौं,१३ चैत्र । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३३औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

उक्त तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बिकले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै माघ १५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी निरीक्षक १ जना, प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २३ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिनुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);