ढोलाहिटी घटनाका आरोपी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

ढोलाहिटी घटनाका आरोपी सार्वजनिक

ललितपुर,१३ चैत्र । ललितपुरको ढोलाहिटीमा भएको घटनामा संम्लग्न आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार दिनभर होली खेलेर साझ खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेका समुहबिच मदिरा सेवनपछि चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । सो घटनामा संम्लग्न मुख्य ४ जना आरोपीलाई आज ललितपुर जिल्ला प्रहरी परिसरले सार्वंजनिक गरेको हो ।

पक्राउ परेका मध्ये होटलका सञ्चालक विजय राई,सुलभ राई, भोजपुरका विशाल हाङमुकारुङ र काठमाडौंका छेङविहाङ राईलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

आज सार्वजनिक गरिएका ४ र फरार रहेका एक जनासहित ५ जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

होटल सञ्चालक राई यस अघि नै लागुऔषध मुद्दामा २ वर्ष जेल बसेका पात्र हुन् । अनुसन्धानका लाग अन्य थप ८ व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);