धर्मराज विष्टको हत्यामा सम्लग्न सोभिता थापा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

धर्मराज विष्टको हत्यामा सम्लग्न सोभिता थापा पक्राउ

काठमाडौं,७ चैत्र । हत्यामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । ललितपुर ईमाडोल गाविस–२ घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको घटनामा संलग्न धादिङ गंगा जमुना गाउँपालिका–७ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) भन्ने सोभिता थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२२ शंखमुलस्थित २०६४ असार २६ गते विष्टलाई सोभिता थापाको योजनामा निजको सहोदर भाई विनोद थापा सहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात फरार रहेकी सोभितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ढोलाहिटीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत ललितपुर बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);