२८ जना प्रहरी कर्मचारीहरूलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

२८ जना प्रहरी कर्मचारीहरूलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान

Nepal-police

काठमाडौं । प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २८ जना प्रहरी कर्मचारीहरुलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा उक्त महाशाखामा सञ्चलित प्रथम समूहअन्तर्गत उक्त तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले दक्ष कुशल दमकल, वाटरक्यानन् चालक तथा अपरेटर उत्पादन गरी संगठनले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न तालिम सहयोगी हुने बताए ।

नेपाल प्रहरी संगठनलाई आवश्यक पर्ने दक्ष दमकल तथा वाटरक्यानन् चालक तथा अप्रेटरहरूको कमिलाई परिपूर्ति गर्नका लागि उक्त तालिम गराइएकोले प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक उपयोग गर्नुपर्नेमा उनले जोड दिए । उक्त तालिममा प्रहरी सहायक निरीक्षक एक जना, प्रहरी वरिष्ठ हवल्दार तीनजना, प्रहरी हवल्दार सातजना, प्रहरी सहायक हवल्दार नाैजना र प्रहरी जवान आठजना गरी कुल २८ जना प्रशिक्षार्थीहरूको सहभागिता थियाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);