प्रहरीको अटो मेकानिक्स तालिम सुरू | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

प्रहरीको अटो मेकानिक्स तालिम सुरू

काठमाडौं,२२ साउन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा नवौं समूहको अटो मेकानिक्स तालिम संचालन भएको छ ।

उक्त तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले आइतबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्दै सवारी साधन छिटो छरितो रूपमा मर्मत संभार गराउन दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम संचालन गरिएको बताउनुभयो ।

प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा १ सय २० कार्यदिन अवधिको उक्त तालिममा जम्मा २५ जना प्राविधिक प्रहरी जवानहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

 

 

Leave a Reply