आफ्नैले नबुझेको अनिताको पीडा कसले बुझ्छ ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आफ्नैले नबुझेको अनिताको पीडा कसले बुझ्छ ?

१० माघ, काठमाडौं । विवाहलाई पवित्र बन्धन भनिन्छ । अनि विवाहीत महिलाले आफ्नो श्रीमान् सँग रहँदा सबैभन्दा सुरक्षित भएको महसुस गर्दछिन् । तर, त्यही श्रीमानले दानवीय व्यावहार प्रस्तुत गरेपछि एक महिला यतीबेला मृत्युसँग पौठेजोरी खेल्दै नयाँ जीवनको खोजीमा अस्पतालको शैयामा छट्पटाइरहेकी छिन् ।

आफ्नैले नबुझेको अनिताको पीडा कसले बुझ्छ ?

शर्मिला गुरुङ

१० माघ, काठमाडौं । विवाहलाई पवित्र बन्धन भनिन्छ । अनि विवाहीत महिलाले आफ्नो श्रीमान् सँग रहँदा सबैभन्दा सुरक्षित भएको महसुस गर्दछिन् । तर, त्यही श्रीमानले दानवीय व्यावहार प्रस्तुत गरेपछि एक महिला यतीबेला मृत्युसँग पौठेजोरी खेल्दै नयाँ जीवनको खोजीमा अस्पतालको शैयामा छट्पटाइरहेकी छिन् ।

जिवन भरी साथ दिने भनेर बाचा कसम गरेका आफ्नै श्रीमान्ले त मर्नु र बाच्नुको यो अवस्थामा पु¥याउँछ भने अब महिलाहरु को सगँ सुरक्षित रहने ? गत विहिबार आफनै श्रीमानले प्रहार गरेको बलिरहेको टुकिबाट गम्भिर घाइते भएकि अनिता खटिक अहिले जिवन र मृत्युको संघारमा छिन् । भनिन्छ विवाह एउटा पवित्र बन्धन हो । जब एक महिला र पुरुष बैवाहिक जिवनमा बाधिन्छन् । तब दुवै जनाले एक अर्कालाई जिवनभर साथदिने बाचा कसम सहित अग्निलाई साक्षी राखि विवाह गरेका हुन्छन् ।

त्यस्तै बाचा र कसम खाँदै ४ वर्ष अघि वीरगञ्जका अनिता खटिक र राजेन्द्र खटिक पनि वैवाहिक सम्बन्धमा बाधिएका थिए । तर विवाह भएको झण्डै चार वर्ष पछि गत विहिबार श्रीमान् राजेन्द्रले अनितालाई बलिरहेको टुकि पत्ति प्रहार गरि जिवन र मृत्युको संघारमा ल्याइपु¥याइदिएका छन् । अहिले घाइते अनिताको स्वास्थ्य अवस्था अत्यन्त गम्भिर छ । आगोले उनको शरीरको अधिकांस भाग जलेको छ । आगोले उनको अनुहार ,घाँटि र छातिमा बढि मात्रामा असर परेको छ ।

आगोले घाटिमा अत्याधिक असर पारेकोले अहिले उनलाई चिकित्सहरुले पाइपको साहायता बाट स्वसप्रवास गराइरहेका छन् । भेरी अंचलमा उपचार संभब नभएपछि शनिबार उनलाई उनकी सासुले महाराजगन्ज स्थित शिक्षण अस्पतालमा ल्याएकी थिइन् । उनको श्रिमान् राजेन्द्र खटिक अहिले फरार छन् । फरार राजेन्द्रको खोजि कार्य भैरहेको छ । त्यस्तै अनितालाई न्याय दिलाउनका लागि राष्ट्रिय महिला आयोग लागिपरेको छ ।

समाज जतिसुकै परिवर्तन र आधुनिकतामा ढल्कीए पनि लैंगिक विभेदका आधारमा हुने महिला हिंसामा भने कमि आउन सकेको छैन । गत बर्ष मात्रै राष्ट्रिय महिला आयोगमा ३ सय ३१ वटा घरेलु तथा महिला हिंसाका उजुरी दर्ता भएका थिए । त्यस्तै यस वर्ष पनि अहिले सम्म १ सय ३७ जटा घरेलु तथा महिला हिंसाका उजुरी परिसकेका छन् । अनिता खटिकमाथि भएको यो घटना मानवीय संवेदनामाथि नै प्रहार हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);