जहाँ एउटा सिटामोलको लागि चार दिन पैदल हिडनु पर्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जहाँ एउटा सिटामोलको लागि चार दिन पैदल हिडनु पर्छ

बझाङ्,माघ १० । बझाङ्मा सात दिन अघि देखि काडाँ स्वास्थ्य चौकि स्वास्थ्यक्रमी बिहिन हुदै आएको छ । स्वास्थ्य चौकी कर्मचारी अभावमा बन्द भए पछि एक चक्कि सिटामोल लिन समेत बिरामीले चार दिनको पैदल बाटो हिडनु पर्ने बाध्यता आईलागेको छ । काडाँ स्वास्थ्य चौकीका ईन्चाज जनक बिष्ट र अनमि मन्धोधरी र्शमाको सरुवा भई अन्य ठाउँमा गएका र अन्य कर्मचारी स्वास्थ्य कार्यालयले नपठाए पछि सात दिन अघि देखि काडाँ स्वास्थ्य चौकी कर्मचारी बिहिन भएको हो ।

जहाँ एउटा सिटामोलको लागि चार दिन पैदल  हिडनु पर्छ

ललित सिंह

बझाङ्,माघ १० । बझाङ्मा सात दिन अघि देखि काडाँ स्वास्थ्य चौकि स्वास्थ्यक्रमी बिहिन हुदै आएको छ । स्वास्थ्य चौकी कर्मचारी अभावमा बन्द भए पछि एक चक्कि सिटामोल लिन समेत बिरामीले चार दिनको पैदल बाटो हिडनु पर्ने बाध्यता आईलागेको छ । काडाँ स्वास्थ्य चौकीका ईन्चाज जनक बिष्ट र अनमि मन्धोधरी र्शमाको सरुवा भई अन्य ठाउँमा गएका र अन्य कर्मचारी स्वास्थ्य कार्यालयले नपठाए पछि सात दिन अघि देखि काडाँ स्वास्थ्य चौकी कर्मचारी बिहिन भएको हो । कर्मचारी अभावमा कार्यालय नखुले पछि स्थानिय बिरामीले एक चक्कि सिटामोल लिन समेत चार दिनको पैदल बाटो हिडेर सदरमुकाम चैनपुर पुग्नु पर्ने बाध्यता आइलागेको हो ।
 
स्वास्थ्य चौकीमा कर्मचारी त पहिले पनि निकै कम बस्ने गरेका थिए सात दिन भयो चौकीको ताला नै खोलिएको छैन आज खोल्छ भोली खोल्छ भन्दै स्वास्थ्य चौकी पुगे र दैनिक स्थानिय बिरामी औषधि नपाए र रितोहात फिर्ता हुने गरेको काँडा गाबिस ७ का मंगल बोहराले बताए । उनले भने टाउँको दुख्यो र ज्वरो समेत आए पछि औषधि लिन लगातार तिन दिन सम्म स्वास्थ्य चौकी गए सिटामोल समेत नपाए र रितो हात फिर्ता हुनु पर्‍यो केहि सिप नलागे पछि चार दिनको पैदल बाटो हिडेर सदरमुकाम चैनपुरमा औषधिलन आएको हु । गाउँमा बिरामी उपचार नपाए मर्न अबस्थामा छन ।

हिमपात संगै चिसो बढे पछि बुढा पाका र बालबालिका निमोनिया र दमको बिरामले थला पर्ने थालेका छन स्वास्थ्य चौकीमा उपचार पाउनु त परै जावस ताल समेत खोल्ने मान्छे छैन पैसा र मान्छे हुनेले बिरामीलाई बोकेर सदरमुकाम चैनपुर र नजिको स्वास्थ्य चौकि मेलबिसैनामा लिने गरेको काँडा गाबिसका पुर्व अध्यक्ष रण बहादुर बोहराले बताए । उनले भने सरकारले निशुल्क दिने भनेको औषधि सिटामोल र नवजीवन लगाएतका औषधि समेत गाउँलले स्वास्थ्य चौकि बाट किन्नु पर्ने अबस्था हुन्छ दुर्गम भएकाले स्वास्थ्य चौकीका कर्मचारीले मनोमानि गर्ने गरेका छन जिल्ला स्वास्थ्य कार्यालयको डाक्टर र अन्य कर्मचारी अनुगमनमा आएको सम्झना छैन ।

स्वास्थ्य कार्यालयमा यस अघि काडाँ स्वास्थ्य चौकीको बिषयलाई लिए र धेरै पटक लिखित मौखिक जानकारी गराउदा समेत सुनुवाई भएको छैन । स्वास्थ्य चौकीमा भवन मात्र त छ कर्मचारी कोहि छैन भएका कर्मचारी समेत जिल्ला स्वास्थ्य कार्यालयले जनताको स्वास्थ्य अधिकार र सरकारको जिमेवारी नबुझदा बन्दको बन्दै भएको काडाँ माबि काँडाका निजि शिक्षक ज्ञान बहादुर बोहराले बताए । उनले भने स्थानिय कार्यालय सहयोगी राम बहादुर बोहरा १ जना बाहेक कोहि छैन उनी पनि आफनो काकाको उपचार गर्न दुई साता देखि सदरमुकाम चैनपुरमा छन ।स्वास्थ्य चौकी बन्द गोठ जस्तै भएको छ ।

काडाँ स्वास्थ्य चौकीमा ६ जनाको दरबन्दि भए पनि १ बर्ष देखि १ जना एच ए , १ जना अहेव र १ जना अनमीको दरबन्दि खाली नै छ स्वास्थ्यचौकी ईन्चाजको रुपमा रहेका जनक बिष्ट पनि घर पाईक मेलबिसैना स्वास्थ्य चौकी मेलबिसौना र अनमि मन्धोधरी र्शमा प्राथमीक स्वास्थ्य केन्द्र जोरायल डोटिमा सरुवा भई गए त्यसै गरि गाबिसको लगानिमा निजि रुपमा बथिङ्गसेन्टरमा राखीएकी रामदेबी उपाध्याय पनि ब्यक्तिगत कामले घरमा गए पछि स्वास्थ्य चौकी बन्द भएको स्थानियले गुनासो गरि रहेका छन ।

काडाँ बासिन्दाले काँडालाई छट्टै गाउँ पालीकाको माग राख्दै लामो समय देखि आन्दोलन गरि रहेकाले पनि गाउँमा बाहिरका कर्मचारीले बस्नु अप्ठायारो भएको सरुवा भई गएकी अनमि मन्धोधरी र्शमाले बताए जिल्ला स्वास्थ्य कार्यालय बझाङ्गका निमित कार्यालय प्रमुख जनक बहादुर सिहंले भने जनक बिष्टको सरुवा भएको भए पनि दोस्रो ब्यतिm हजिार नहुदा सम्म काडाँ स्वास्थ्य चौकीमा रहेने हाईअटिच्युट सम्बन्धि स्वास्थ्य कर्मीको तालीम भएकाले जिल्लामा आएकार केहि दिनमा र्फता हुने जानकारी दिए ।

जिल्लाकै बिकट सबै भन्दा ठुलो काँडा गाबिसमा बर्षको ३ महिना मात्र सरकारी कर्मचारी बस्ने र बाँकी दिन कागजि हाजिर मिलान गर्ने गरेको स्थानियले आरोप लागएका छन । काडाँ को सबै भन्दा नजिक मानिने मेलबिसैना गाबिस पनि तिन दिनको दुरिमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);