धुम्बाराहीमा ओली र नेपाल पक्षबीच छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धुम्बाराहीमा ओली र नेपाल पक्षबीच छलफल सुरु

काठमाडौं, २ चैत । नेकपा एमालेका शीर्ष नेतासहित दोस्रो तहका नेताहरुबीच छलफल भएको छ ।

पार्टीको विवाद उत्कर्षमा पुगेका बेला विवाद समाधानको सूत्रको खोजीमा छलफल भएको हो ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेता उपस्थित छन् । यस्तै सुवास नेम्वाङ, ईश्वर पोख्रेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली रहेका छन् भने नेपालसँग भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रघुजी पन्तसमेत छलफलमा उपस्थित छन् ।

यसअघि अध्यक्ष ओली र नेता नेपालबीच गत कात्तिक २८ गते बालुवाटारमा भेट भएको थियो । पछिल्लो समय एमालेमा अध्यक्ष ओलीले एकपक्षीय निर्णय गरेका छन् भने नेपाल पक्षले समानान्तर कमिटी निर्माण गरेको छ । एमाले विवाद निर्वचन आयोगसमेत पुगिसकेको छ । नेकपा एमाले ब्युँतिएपछि अध्यक्ष र नेपालबीच पहिलोपटक भेट हुन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);