काठमाडौं, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई नभई उसका गैह्कानुनी गतिविधिमाथि मात्रै नियन्त्रण गरेको स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टस क्लवको साक्षात्कार कार्यक्रममा नेता गुरुङले विदेशी शक्तिहरुबीच टकराव चलिरहेका बेला आन्तरिक द्धन्द्धमा हिजोकै तरिकाले जान खोजियो भने देशकै अस्तित्व समाप्त हुने चेतावनी दिए ।
उनले राजनीतिक रुपले समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए । प्रजातन्त्रका लागि गरिएको संघर्ष र अहिलेको अवस्था भिन्न रहेको भन्दै उनले विगत र वर्तमानलाई तुलना नगर्न आग्रह गरे । उनले भने ‘कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्छ ।’




