शिक्षा तथा स्वास्थ्य समितिद्वारा तीन वटा उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शिक्षा तथा स्वास्थ्य समितिद्वारा तीन वटा उपसमिति गठन

sikshya samiti

काठमाडौं, २ मंसिर । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले तीन वटा उपसमिति गठन गरेको छ । समितिको आईतबार बसेको बैठकले शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको कामलाई प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि उपसमिति, स्वास्थ्य तथा जनसंख्या उपसमिति र युवा तथा खेलकुद उपसमिति गठन गरेको हो ।

शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको कामलाई प्रभावकारी बनाउन तीन वटा छुट्टाछुट्टै उपसमिति गठन गर्नु परेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले सरकारको कामलाई प्रभावकारी बनाउन कार्यसूचिनै तय गरेर उपसमितिलाई जिम्मेवारी दिनुपर्ने आवश्यक्ता औंल्याएका थिए । समितिका सदस्य गगनकुमार थापाले सरकारको कामलाई प्रभावकारी बनाउन उपसमितिलाई सक्रीय बनाउनुपर्नेमा जोड दिए ।

समितिका अर्का सदस्य खगराज अधिकारीले समितिले युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय खेलकुद परिषद, युवा परिषद, युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका अधिकारीले शिक्षा र स्वास्थ्य सेवालाई सहज बनाउन पनि समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);