राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन

rapti academy of health Sciences

काठमाडौं, २३ माघ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान हुने गरी स्थलगत अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको बुधबार बसेको बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान हुने गरी स्थलगत अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

खगराज अधिकारी संयोजक रहेको उपसमितिमा अन्जना विशंखे, गजेन्द्रबहादुर महत, एकवाल मियाँ र नमिताकुमारी चौंधरी सदस्य रहनु भएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए । उपसमितिलाई आफ्नो पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सो प्रतिष्ठानको समस्या समाधान हुने गरी स्थलगत अध्ययन गरी समितिमा प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जथाभावी कर्मचारी हटाउने, नयाँ नियुक्त गर्ने काम पदाधिकारीबाट भएपछि सो अस्पतालमा कार्यरत चिकित्सकलगायतका कर्मचारीहरु आन्दोलित हुँदा स्वास्थ्य उपचार गर्न आएका विरामीहरु मारमा परेका छन ।बैठकमा समितिका सदस्य उमेश श्रेष्ठले उपकूलपति राजनीतिक नियुक्तीबाट हुने भएकाले सबै शिक्षा तथा स्वास्थ्य प्रतिष्ठानहरुमा समस्या पर्ने भएकाले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।

समितिका अर्का सदस्य योगेश भट्टराईले सो प्रतिष्ठानमा पदाधिकारीहरुबाटै कर्मचारीहरुलाई अन्यायमा पर्ने गरी विभिन्न निर्णयहरु गरेको उल्लेख गर्दै उक्त समस्या समाधानका लागि गम्भिर बन्न सरकारलाई सचेत गराए ।

राप्ती अंचलको केन्द्र भागमा रहेको प्रतिष्ठानका कर्मचारीहरु आफूहरुमाथि अन्याय भएको भन्दै पदाधिकारीविरुद्ध आन्दोलित भएपछि ६ महिनायता सो प्रतिष्ठानले दिँदै आएको स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);