नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद समाधान गर्न उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद समाधान गर्न उपसमिति गठन

nepal engineering college

काठमाडौं, ६ मंसिर । संसदीय समितिले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन गरेको छ । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहिबार बसेको बैठकले सो कलेजको विवाद समाधानका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

स्वामित्वको विषयलाई लिएर सो कलेज आन्तरिक विवादमा फसेको छ । सोही समस्यालाई समाधान गर्न उपसमिति गठन गर्नु परेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए ।

समितिले समितिका सदस्य तथा सचिवालयका कर्मचारीको ‘क्षमता अभिवृद्धि कार्यक्रम’ पनि संचालन गर्ने तयारी गरेको छ । आगामी मंसीर १६ र १७ गते सो कार्यक्रम गर्ने प्रस्ताव समितिमा पेश भएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले समितिले दिएका निर्देशनलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने गरी आफ्नो कामकार्वाहीलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

समितिले क्षमता नभएकै कारण आफ्नो कामकार्वाही विगतमा प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै समितिका सदस्य तथा सचिवालयका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने तयारी गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);