दार्चुलामा ट्रक दुर्घटनाः ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दार्चुलामा ट्रक दुर्घटनाः ३ जनाको मृत्यु

काठमाडौं, २२ मंसिर । दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार राति गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका १ भर्ताेला भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका २४ वर्षीय शेर सिह कार्कीको परिचय खुलेको छ भने बाँकी दुई जनाको परिचय खुल्न नसकेको रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदम बहादुर विष्टले जानकारी दिनुभयो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);