दार्चुलामा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु,चालक बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

दार्चुलामा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु,चालक बेपत्ता

दार्चुला, १८ असोज । दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दार्चुला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको ब्रहमदेव जादै गरेको से १ ख १२५२ नम्बर मिनि ट्रक दुहु गाउँपालिका–३ राताकाठामा दुर्घट्ना भएको हो।

खाद्यान्न लिएर दुहु गाउँपालिकाको ब्रहमदेव तर्फ गइरहेको मिनि ट्रक दुहु गाउँपालिका ३ मा राताकाठा भिरबाट अन्दाजी ३ सय मिटर तल महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ । ट्रकका चालक भने बेपत्ता भएका छन् ।

मृतकको सनाखत हुन नसकेको र दुर्घटना स्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली पुगिसकेको र खोजि कार्य जारिरहेकोले बिस्तृत बिवरण प्राप्त हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);