देविदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देविदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने

काठमाडौं, २८ असोज । कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवि लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने भएका हुन् ।

दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवि मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताउनुभयो । कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनैपनि मन्दिर क्षेत्रमा भक्तालुलका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो ।

यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरुमा समेत नियमित पूजा आजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ । अन्य क्षेत्रलाई खुल्ला गरिएपनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिले सम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन् । तर अधिकांश मन्दिरहरु कात्तिक एक गतेदेखि सिमित रुपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);