गुल्मीमा एम्बुलेन्स चालक कुटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गुल्मीमा एम्बुलेन्स चालक कुटिए

गुल्मी । गुल्मीको दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालकमाथि स्थानीय युवाले कुटपिट गरेका छन् । इस्मा गाउँपालिका ४ दोहलीका ३८ वर्षीय दानबहादुर पाण्डेयलाई स्थानीय लिलबहादुर अछामीले गम्भीर घाइते हुने गरी कुटपिट गरेका हुन् ।

कुटपिटबाट पाण्डेयकोआँखामा निल डाम छ भने आँखामाथिको हड्डी फुटेको छ । दाँत झरेको, खुट्टा र शरीर सुन्निएको पीडितले बताए । राति नाक र मुखबाट रगत बगेको अवस्था फेला पाारेपछि तत्काल गुल्मी अस्ताल रेफर गरिएको इस्मा कोभिड १९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए ।

बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपिट भएको पीडत पाण्डेयले बताए। । पीडितसँगै संयुक्त एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयमा घटनाका दोषीहरूलाई कारबाहीको माग गरेर उजुरी दिएका छन् ।  जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले घटनामा संलग्नको खोजीकार्य जारी भएको बताए । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);