काेराेनाकाे हटस्पट गुल्मीमा परीक्षण कछुवा कै गतिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काेराेनाकाे हटस्पट गुल्मीमा परीक्षण कछुवा कै गतिमा

गुल्मी, ६ जेठ । नेपालमा दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढिरहेका बेला पीसीआर परीक्षणको दायरा बढाउन चौतर्फी माग भईरहेको छ । तर कोरोना संक्रमणको हटस्पट मानिएका केही जिल्लाहरुमा अलिबढी परीक्षण भएपनि अधिकांस स्थानमा परीक्षण कछुवा कै गतिमा भइरहेको छ । भारत सहित तेस्रो मूलुकबाट भित्रिनेको संख्या दिनानुदिन बढीरहदा समेत गुल्मीमा पनि परीक्षणले तिब्रता पाउन सकेको छैन ।

सोमबार एकजनामा कोरोना संक्रमण पुष्टि भएसंगै गुल्मी पनि संक्रमित जिल्ला भएको छ । मुलुकमा लक डाउनका बीच देशका विभिन्न स्थान र भारत सहित तेस्रो मुलुक बाट करिब १७ सय ५० जना र भारत बाट मात्रै १ सय २६ जना कानुनी तवरले गुल्मी भित्रिएका छन् । अन्य मुलूकबाट आउनेहरुको आरडिटि परिक्षण गर्ने योजना बनाइएको भएपनि परीक्षणले तिब्रता लिन सकेको छैन ।

जिल्ला बाहिरबाट आएका नागरिक , स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी गरी ४ हजारको हाराहारीमा आरडिटि परीक्षण गर्नु पर्ने अवस्था रहेपनि अहिलेसम्म ७५ जनाको पिसिआर र १ सय ९६ जनाको मात्रै आरटिडि परिक्षण गरिएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

परिक्षण सामग्री अभावका कारण गुल्मीमा कोरोना परिक्षणको दायरा बढाउन सकिरहेको छैन । लकडाउनका बाबजुद पनि बाहिरबाट नागरिक भित्रिने क्रम नरोकिंदा जिल्लामा कोरोनाको जोखिम झन् बढेको छ ।

केन्द्र र प्रदेश सरकारले कुनै समन्वय नै नगरी नागरिक पठाउँदा थप समस्या परेको गुल्मीको इस्मा गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय विभिन्न बाहनामा गुल्मी भित्रिने र होम क्वारेन्टाइन भन्दै सिधै घरमा जान दिने प्रबृत्ति गुल्मीमा बढीरहेको छ भने ग्रामीण क्षेत्रमा लकडाउन प्रभावकारी नहुँदा समस्या थप जटिल बन्दै गईरहेको छ ।

जिल्लामा भित्रने सबै नागरिकलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा व्यवस्थित गर्ने र कोनोना परिक्षण कार्यलाई त्रिव गतिमा अघि बढाउन आवश्यक छ ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);