मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको मृत्यु

मोरङ, १८ असोज । मोरङको बुढिगंगामा मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । उनि सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेको र हाल विदामा घर आएका थिए ।

मृत्यु हुनेमा बुढिगंगा १ का ४२ बर्षीय कमल प्रसाद तावाहाङ रहेका छन् । शनिबार राती सवाँ ९ बजे बुढिगंगा १ राजमार्गमा पैदल हिडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए ।

घाईते तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यता ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने चालक फरार रहेकोले खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);