पर्सामा परिक्षणको दायरा घटेपछि संक्रमितपनि घटे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पर्सामा परिक्षणको दायरा घटेपछि संक्रमितपनि घटे

वीरगञ्ज, १८ असोज । पर्सामा कोरोना परिक्षणको दायरा घटेपछि संक्रमितपनि घटेका छन् । पछिल्लो केहि दिनदेखि घटिरहेको परिक्षणका कारण संक्रमित थपिने संख्यापनि घट्दै गएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा गएराति पर्सा, बारा र रौतहटबाट आएको ९६ जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा जम्मा कोरोना परिक्षण गर्दा जम्मा सात जनामा संक्रमण देखिएको हो । ९६ मध्ये पर्साका ६० जनाको परिक्षण गरिएको थियो ।

पछिल्लो समय अस्पतालमा गरिएको यो सबैभन्दा कम परिक्षण हो । अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएकामध्ये पर्साको सदरमुकाम वीरगञ्जमा एक जना र पोखरियाका एक जनागरी जम्म दुई जना रहेका छन् ।

त्यसैगरी अस्पतालमा बारा जिल्लाबाट आएको ३६ वटा स्वाबको नमुनालाई परिक्षण गर्दा त्यहाँ चार संक्रमित भेटिएका छन् । बाराको कलैया उपमहानगरपालिकामा एक जना, पञ्चरौता गाउँपालिका वडा नम्बर ८ का एक जना, कोल्भी नगरपालिका वडा नम्बर ७ का एक जना र करैयामाई गाउँपालिका वडा नम्बर ८ का एक जनामा संक्रमण देखिएको हो ।

अस्पतालमा शनिबार गरिएको परिक्षणमा रौतहटको परोहा नगरपालिकाको वडा नम्बर ८ का एक जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताउनुभयो । उहाँले थपिएका संक्रमितहरुको सिटि भ्यालु २३ देखि ३४ सम्म रहेको जानकारी दिए । उनीहरु १९ वर्षदेखि ६५ वर्षसम्मका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);