साइकलको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

बाजुरा, ६ कार्तिक । बाजुराको बुढिगंगा नगरपालिकाको बेतालमाडौं बजारमा साइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

अछाम घर भएका तिलक बटालाका डेढ वर्षीय छोरा कालु बटालाको साइकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आइतबार साँझ बजारनजिकैको सडक छेउमा खेलिरहेका बेला बटालालाई बुढीगंगा नगरपालिकाका १४ वर्षीय ज्ञानेन्द्र रावलको साइकलले ठक्कर दिएको थियो।

ठक्करपछि घाइते भएका बटालाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । साइकलले ठक्कर दिने रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।