सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा वृद्धको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा वृद्धको मृत्यु

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–२ स्थित भित्री सडक खण्डमा भएको सिटी सफारी दुर्घटनामा परेर एक जना पुरुषको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा कोसी गाउँपालिका–२ का ७४ वर्षीय फरेबी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ११ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा सुनसरीकै बराहक्षेत्र नगरपालिका–११ की २३ वर्षीया सविना माझी घाइते भएकी प्रहरीले जनाएको छ ।

घाइते माझीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीले सफारी चालक २० वर्षीय रञ्जित यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);