भत्ता वापतको रकमबाट वडाध्यक्षले वृद्धवृद्धाहरुलाई बाँडे हर्लिक्स र माक्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भत्ता वापतको रकमबाट वडाध्यक्षले वृद्धवृद्धाहरुलाई बाँडे हर्लिक्स र माक्स

बिष्णु खनाल,
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १२ का वडाध्यक्षले आफुले पाएको भत्ता वापतको रकमबाट वृद्धवृद्धालाई हर्लिकस वितरण गरेका छन् ।

वडाध्यक्ष नारायण खड्काले भत्ता वापत आएको रकम संकलन गरि वृद्धवृद्धाहरुलाई हर्लिक्स र माक्स वितरण गरेका हुन् ।

६५ वर्ष माथिका वृद्धवृद्धाहरुलाई व्यक्तिगत खर्च गरेर अर्घाखाँची अस्पतालमा लगेर कोरोना खोप लगाईदिएका वडाध्यक्ष खड्काले सोमबार वडाको नगर स्वास्थ्य संस्थामा कोभिड विरुद्धको दोस्रो खोप लगाएका वृद्धवृद्धाहरुलाई हर्लिक्स र माक्स वितरण गरेका हुन् ।

खड्काले पहिलो खोप लगाउँने बेला वृद्धवृद्धाहरुलाई ५ वटा मिनी बस रिजर्व गरेर अर्घाखाँची अस्पतालमा लगेका थिए । समाजमा रहेका अति विपन्न परिवार, असहाय, गरिव दिनदुःखीहरुलाई बेला बेलामा मनकारी वडाध्यक्ष खड्काले सहयोग गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);