दैलेख बस दुर्घटना:  मृतकको संख्या ४ पुग्यो, ३९ घाइते  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दैलेख बस दुर्घटना:  मृतकको संख्या ४ पुग्यो, ३९ घाइते 

सुर्खेत ।  कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन् । मुगुबाट  नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका– ९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोटको पलाता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए । दुर्घटनामा परेर ३९ जना घाइते भएका प्रहरीले जनाएको छ । रातिको समयमा बस दुर्घटना भएकाले अझै पुरा विवरण आई नसकेको प्रहरी प्रमुख शाहले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);