अछाममा चट्याङ लागेर एकै घरका १० जना घाइते, खन्टी परियारको अवस्था गम्भीर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अछाममा चट्याङ लागेर एकै घरका १० जना घाइते, खन्टी परियारको अवस्था गम्भीर

chattan

काठमाडौं, १९ चैत । सोमवार राती सर्जने परियारको घरमा एक्कासि चट्याङ पर्दा एकै घरका १० जना घाइते भएका छन् ।

गयराती साढे ७ बजे सर्जने परियारको को घरमा एक्कासि चट्याङ पर्दा एकै घरका १० जना घाइते हुनुका साथै घरमा पालेको एक भैंसी समेत मरेको छ । घाइते हुनेमा रामारोशन गाउपालिका वडा नम्बर ५ निवासी चन्द्रा परियार, खन्टी कुमारी परियार, रुपा परियार ,दानकला परियार, दिपा परियार ,दिनेश परियार लगायत १० जना घाइते भएका छन् ।

जसमध्ये खन्टी परियारको अवस्था गम्भीर रहेकोले अहिले वडा नम्बर ५ को स्वास्थ्य चौकीमा उपचार भइरहेको वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मण परियारले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);