मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते , एकको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते , एकको अवस्था गम्भिर

पर्वत। कुश्मा नगरपालिका–१० पीपलटारीमा शुक्रबार बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं१३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

उनीहरु कुश्मा–१३ खौलालाँकुरीकै विष्णु परियारको अस्पतालमा मिर्गौला डायलासिस गराउने क्रममा मृत्यु भएपछि शव जिम्मा लिनका लागि अस्पताल आउने क्रममा दुर्घटना भएको हो ।

घाइतेमध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय माने परियारलाई गम्भीर चोट लागेको छ । घाइतेको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घाइते हुनेमा एउटै गाउँका बलबहादुर परियार, डिलबहादुर परियार, रामचन्द्र परियार, शक्ति परियार, मिठु परियार, सुमित परियार, रविना परियार, अङ्कित परियार, उज्ज्वल परियार, बाबुराम परियार, डिले परियार, मीन परियार, अनिनाथ परियार, अमृशा परियार र पृथ्वी परियार रहेका छन् ।

सामान्य घाइते रहेका चालक अनिनाथ परियारलाई भने प्रहरीको निगरानीमा उपचार भइरहेको बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);