गुल्मीमा जीप दुर्घटना हुँदा चार जना घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

गुल्मीमा जीप दुर्घटना हुँदा चार जना घाइते

गुल्मी, ५ भदौ । गुल्मीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खले घुम्तीमा ब्रेक फेल भई जीप अनियन्त्रित हुँदा चार जना घाइते भएका छन् । शुक्रबार सदरमुकाम तम्घास देखि मालिका गाउँपालिका अर्जे जाँदै गरेको लु २ च २५७३ नम्बरको जीप त्यस स्थानमा दुर्घटना हुँदा एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक डिएसपी केदारराज पन्तका अनुसार दुर्घटनामा परी मालिका गाउँपालिका–८ की ३० वर्षकी माया परियार उहाँका ९ वर्षीय छोरा सतिष परियार, मालिका गाउँपालिका–५ की वर्ष २० की दिपा घिमिरे र इश्मा गाउँपालिका –६ की वर्ष १२ की सन्ध्या परियार घाइते हुनुभएको छ ।

घाइते मध्ये माया परियारको अवस्था गम्भीर रहेकाले पाल्पा प्रभासमा उपचारका लागि पठाइएको डिएसपी पन्तले जानकारी दिनुभयो । उहाँको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य तीन जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);