हेलमेट नलगाई चलाइएका दुई मोटरसाइकल ठोक्किदा ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

हेलमेट नलगाई चलाइएका दुई मोटरसाइकल ठोक्किदा ३ जनाको मृत्यु

काठमाडौं, ७ मंसिर । सिरहामा सवारी दुर्घटनामा परेर ३ युवकले ज्यान गुमाएका छन् । २ वटा मोटरसाइकल आपसमा ठोक्किदा तीन युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना गम्भिर घाइते छन् । घटना हुलाकी राजमार्ग अन्तर्गत सिरहा नगरपालिका १९ को सन्हैठा नयाँचोकमा बुधबार साझ ७ बजेतिर भएको हो ।

पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएपछि दिनेशकुमार यादव, रामवृक्ष यादव र मुकेशकुमार सिंहको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए । अर्का गम्भिर घाइते भएका युवराजकुमार यादवको विराटनगरमा उपचार भइरहेको छ । दुबै मोटरसाइकलका चालकले हेलमेट नलगाई तिव्रगतिमा चलाएको बुझिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);