म्याजिक र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

म्याजिक र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा म्याजिक र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार माधवनारायण नगरपालिका २ का ६५ वर्षीय परमात्मा साह र वडा ३ का ५५ वर्षीय गौकरण राय यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार ना१ज ६७४९ नम्बरको म्याजिक र बा ३९ प ६८६५ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार साह र यादव दुबै जनाको टाउकोमा चोट लागेको थियो ।

दुर्घटनामा परेका सवारी तथा म्याजिक चालक चन्द्रपुर  ४ का २७ वर्षीय सहुल मियाँ नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);