टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते

टर्कीको दक्षिणपूर्वी प्रान्त दियारबाकिरमा एउटा मिनीबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार दियारबाकिरको लाइस जिल्लामा चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा मिनीबस सडकमै पल्टिएको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा आपत्कालीन उद्धार टोलीहरू परिचालन गरिएको थियो । टर्कीको सरकारी समाचार एजेन्सी ‘अनादोलु’ काअनुसार दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरूका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको यकिन कारण पत्ता लगाउन गभर्नरको कार्यालयले सम्बन्धित निकायलाई अनुसन्धानको निर्देशन दिएको छ । अहिले उक्त घटनाबारे विस्तृत अध्ययन भइरहेको अधिकारीहरूले जनाएका छन् ।

Leave a Reply