सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो: १८ घर पुरिए, ४ जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो: १८ घर पुरिए, ४ जनाको शव फेला

सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ नागपुजे र घुम्थाङमा गएको पहिरोमा १८ घर पुरिएका छन् ।

गएराति परेको वर्षासँगै गएको पहिरोले नागपुजेमा ८ र घुम्थाङमा १० घर पुरिएका हुन् ।

पुरिएका घरहरुमा १७ जना मानिस वेपत्ता रहेको भने चार जनाको शव फेला परेको छ ।

कठिन भूगोल र वर्षा भइरहेका कारण उद्धारमा कठिनाइ भइरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिनुभयो । घटनास्थलमा अहिले नेपाल प्रहरी र स्थानीयद्वारा उद्दार कार्य जारी रहेको बताइएको छ ।

थप विवरण आउन बाँकी ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);