राष्ट्रिय खेलकूद परिषद गठनका विषयमा समितिमा छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रिय खेलकूद परिषद गठनका विषयमा समितिमा छलफल

काठमाडौं, ७ पुस । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार राष्ट्रिय खेलकूद परिषद गठनका विषयमा छलफल भएको छ । ‘खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि जारी दफावार छलफलमा सोमबार राष्ट्रिय खेलकूद परिषद गठनका विषयमा छलफल भएको हो ।

छलफलमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले संविधानले व्यवस्था गरेअनुसार परिषदमा ३३ प्रतिशत महिला सहितको समावेशी प्रतिनिधित्व हुनेगरि सुझाव दिन सांसदहरुलाई आग्रह गर्नुभयो ।

सांसद जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकूद परिषदलाई देशव्यापी बनाउन प्रदेशमा खेलकुद हेर्ने मन्त्रीलाई परिषदमा ल्याउनुपर्ने बताउनुभयो । ‘नीति निर्माण तहमा त्यही अनुसारको उचाई भएको व्यक्ति चाहिन्छ प्रदेश प्रमुखहरुसँग छलफल गर्न कार्यकारीणि समितिको परिकल्पना गरिएको छ । त्यसैले परिषदमा प्रदेशबाट मन्त्रीको सहभागिता हुनुपर्छ’, उहाँले भन्नुभयो ।

सांसद गगन थापाले संघमा राज्यमन्त्री र सहसचिव स्तरको व्यक्ति राख्ने तर प्रदेशबाट मन्त्रीको प्रतिनिधित्व हुने कुरा उपयुक्त नहुने बताउनुभयो ।

समिति सभापति जयपुरी घर्तीले संविधान र संघीयताको मर्मअनुसार परिषद गठन हुनुपर्ने बताउँदै त्यही अनुसार छलफलमा धारणा राख्न सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);