विद्यालयमा दुई बर्ष देखि खानेपानी र कक्षा कोठाको समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विद्यालयमा दुई बर्ष देखि खानेपानी र कक्षा कोठाको समस्या

school

सुर्खेत, ३ असोज । देशभरका सामुदायिक विद्यालयहरुमा कत्तै पढाईको गुणस्तर काम नलाग्ने छ भने, कतै पढ्ने कोठा समेत गतिला छैनन् । यस्तो अवस्था दुर्गमका विद्यालयमा मात्र होइन, शहर बजार नजिकैका विद्यालयमा समेत उस्तै हालत छ । सुर्खेतबाट २० किलोमिटरको दुरीमा रहेको श्री बिजयश्वरी मा.बि मा अहिले विद्यार्थीलाई न पढ्ने कोठा छ, न त खानलाई पानीनै छ ।

श्री विजयश्वरी माविले बिगत दुई बर्ष देखि खानेपानी र कक्षा कोठाको समस्या भोगिरहेको छ । २०७१ साल साउन २९ गते आएको वाढीले बिद्यालय बगाएपछि न्यूनतम आवश्यकता समेत पुर्ती गर्न सकेको छैन । कक्षा कोठाको समस्याले विद्यार्थीहरुले पठन–पाठनमा समस्या भैइरहेको छ ।

यी समस्या सामजिक बिकाश मन्त्रालयसम्म पुगेर गुनासो गर्दा समेत सुनुवाई नभएको बिद्यालयका प्रधानाध्यापक टेक बहादुर कार्कीले बताए । उनले कक्षा कोठाको अभावले कक्षा सिसु देखि १ सम्मलाई अहिले एउटै कोठामा राखेर पढाउनु पर्ने वाध्यता रहेको बताए ।

यता बिद्यार्थीहरुले खाने पानी नहुँदा टाढाबाट बोकेर खाने गरेको बताएका छन् । पानीको समस्याले गर्दा ट्वाईलेट गर्नको लागि समेत समस्या रहेको बिद्यार्थीहरुले गुनासो गरेका छन् । स्कुल प्रागणमा धारा देखिएपनि पानी भने कहिले नआउने विद्यार्थीहरुको भनाई छ ।

आफुहरुले पटक–पटक निर्णय गरेर पठाए पनि गाउँपालिकाले वास्ता नगरेको स्थानिय वडा सदस्य कर्ण बहादुर कार्कीले बताए । बिद्यालय व्यवस्थापन समितीका कावा अध्यक्ष समेत रहेका कार्कीले गाउँपालिका अध्यक्षलाई बारम्बार ताकेता गर्दा समेत वास्ता नगरेको उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);