राउटे समुदायले पनि मनाए संविधान दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राउटे समुदायले पनि मनाए संविधान दिवस

rauta sambidhan diwas

विवश कुमार सेजुवाल
सुर्खेत, ३ असोज । नेपालको लोपन्मुक जातीको रुपमा रहेको राउटे समुदायले पनि विरेन्द्रनगर सुर्खेतमा संविधान दिवश मनाएका छन् । कर्णाली प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसका अवसरमा राउटेहरुको उपस्थिती बाग्लो देखिन्थ्यो ।

संविधान दिवसका अवसरमा आफ्नो संस्कृतीको मुल व्यानर सहित आएका राउटे समुदायहरु मार्चपास गर्दै विरेन्द्रनगरको सुर्खेत बजार परिक्रमा गरेर खुला मञ्च सम्म पुगेका थिए । प्राय जंगलमा घुमेर आफ्नो जीवन पाल्दै आएका राउटे जातीहरु बिभिन्न जात जाती भेषभुषाका झाक्री सहित उपस्थिती थिए । उनीहरुले आफ्नो संस्कृती अनुसारका नृत्य, झाँकीहरु पस्तुत गरेर सवैको ध्यानसमेत केन्द्रित गरेका थिए ।

दिवसमा सहभागी भएका बिर बहादुर मुखेतीले संविधान दिवस थाहा नभएपनि रमाईलो लागेको बताए । उनले सरकारले आफुलाई जमिन दिएपनि डुलिराख्न मनलाग्ने बताए ।

संविधान दिवशको अबसरमा राउटे जातीले आफ्नो बिभिन्न कलाहरु समेत प्रस्तुत गरेका थिए । उनीहरुको दिर्गकालीन व्यावस्थापन नभएपनि शिक्षा आवश्यक भएको सरोकारवालाहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);