राउटेले पनि आफ्ना बालबच्चालाई विद्यालय पठाउन थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राउटेले पनि आफ्ना बालबच्चालाई विद्यालय पठाउन थाले

raute

विवश कुमार सेजुवाल
सुर्खेत, १ चैत । लोपोन्मुख जातीका रुपमा रहेका राउटेहरुले पछिल्लो समय आफ्नो जीवनयापन र संस्कारहरुलाई परिवर्तन गर्न थालेका छन् । वन जंगलामा फिरन्ते जीवन बिताउने उनीहरु आफ्ना बालबच्चालाई पढ्न पठाउने, उपचारको लागि अस्पताल जाने र कामको लागि जागिर खोज्ने समेत गर्न थालेका छन् ।

विशेष गरी नेपालको पश्चिमी क्षेत्र सल्यान, जाजरकोट, कालीकोट सुर्खेत लगायतका जंगलहरुमा बसोबास गर्दै आएका राउटे जातीहरु यतिबेला गाउँ शहर घुम्न थालेका छन् । फिरन्ते जीवन बिताउने भए पनि राउटे जाती आफ्नो संस्कार कडाईका साथ पालना गर्छन ।

राउटे जातीको दैनिक जीवनीलाई हेर्दा वर्षमा एक पटक नुहाउने आफ्ना बालबच्चालाई विद्यालय नपठाउने, बिरामी भए उपचारका लागि अस्पताल नजाने देखिन्छ । यी सबै काम गरे देवता रिसाउने भन्दै आफुलाई फिरन्ते जातीका रुपमा चिनाउने राउटेहरु पछिल्लो समय भने दैनिक जीवनीलाई परिवर्तन गर्न थालेका छन् ।

राउटेहरु हिजो आज बाहिर निस्केर काम गर्न पनि सुरु गरेका छन् । सामाजिक सेवा केन्द्र दैलेखमा प्रतिमहिना १५ सय पारिश्रमिक सहित उनीहरुले काम सुरु गरेका छन् ।

समाजिक सेवा केन्द्र दैलेखले राउटेहरुको लागि मासिक १५ सयका दरले २ वर्षको लागि ४ जनालाई जागीर दिएको छ । राउटे समुदाय भित्र सरसफाई, स्वास्थ्य र पोषणको व्यवस्था गर्नको लागि सजिलो होस भनी राउटे कर्मचारी नियुक्त गरेको सामाजिक सेवा केन्द्र दैलेखका अध्यक्ष हिरासिंह थापाले जानकारी दिए ।

जुत्ता, टोपी, सिलाएको कपडा नलगाउने राउटेहरु सिलाएको लुगा लगाउन थालेका छन् भने खाली खुट्टा हिंड्नेहरु जुत्ता लगाएर हिंड्न थालेका छन् । उपचारका लागि अस्पताल नजाने उनीहरु आज भोली अस्पताल पनि जान थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);