राउटे भेट्न टिकट ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राउटे भेट्न टिकट !

raute

काठमाडौं, २४ जेठ । बस्ती छिर्न टिकट ! सुन्दा अनौठो लाग्न सक्छ । हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ । राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो । योे समुदायको छुट्टै भाषा र संस्कृति छ ।

सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको छ ।

‘राउटेलाई हेर्न आउनेको संख्या बढ्दो छ। जथाभाबी प्रवेश गर्ने भीडले राउटेको संस्कृति हराउने खतरा छ’, गाउँपालिकाका अध्यक्ष खेमराज वली भन्छन्, ‘हामीले राउटे समुदायलाई रूपान्तरण गर्दैछांै ।  राउटे बस्तीमा छिर्दा टिकट काट्नुपर्छ ।’ टिकट व्यवस्थाले राउटे बस्तीमा जथाभाबी प्रवेश गर्ने प्रवृत्ति नियन्त्रण हुने र आम्दानी पनि हुने गाउँपालिकाको दाबी छ । टिकटबाट संकलित रकम राउटेको उत्थान र संरक्षणमा लगानी गरिनेछ ।

हाल राउटे बस्तीमा सहयोगका नाममा पुग्नेको लर्को लाग्ने गरेको छ । टिकट शुल्कबारे भने छलफल भइरहेको अध्यक्ष वलीले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा ललितबहादुर बुढाले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);