सुत्केरी अस्पतालमै ‘बन्धक’ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुत्केरी अस्पतालमै ‘बन्धक’

sutkeri

काठमाडौं, २६ मंसिर । उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् । एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पुर्‍याइएको थियो । नवजात जुम्ल्याहामध्ये एकको मृत्यु भइसकेको छ भने अर्की शिशु तोपास्थित घरमा छिन् ।ललिता दलित खत्वे समुदायकी हुन् । उनका पति गोपी मजदुरी गरेर जीविकोपार्जन गर्छन् ।

ललितालाई सुत्केरीका लागि गत कात्तिक २३ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । चार दिनपछि उनलाई विराटनगर रेफर गरिएको थियो । गोपीका अनुसार विराटनगरमा पहिले म्याक्स अस्पतालमा भर्ना गरियो । त्यहाँ एक दिन राखेपछि उपचार सम्भव नभएको अस्पतालले बतायो । त्यसपछि विराटनगरकै जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा लगियो । सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई थप उपचारका लागि विराटनगर अस्पताल प्रालिको आईसीयूमा भर्ना गरिएको थियो । ट्रमा सेन्टरको एनआईसीयूमा राखिएकै बेला दुई नवजात छोरीमध्ये एकको मृत्यु भएको गोपीले बताए । अर्की शिशु स्वस्थ छिन् ।

गोपीका अनुसार ट्रमा सेन्टरमा सुत्केरी गराउनेदेखि छोरीको उपचार खर्चसमेत गरी १ लाख ७४ हजार रुपैयाँ उनले बुझाएका थिए । ३२ हजार ७ सय ५० रुपैयाँ औषधिबापत खर्च भएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);