ट्युनिसिया एक अस्पतालमा ११ नवजात शिशुको मृत्यु, स्वास्थ्यमन्त्रीको दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ट्युनिसिया एक अस्पतालमा ११ नवजात शिशुको मृत्यु, स्वास्थ्यमन्त्रीको दिए राजीनामा

Flag_of_Tunisia

काठमाडौं, २६ फागुन । अस्पतालमा भर्ना भएका शिशुहरुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

राजधानी ट्युनिसको एक अस्पतालमा ११ नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले राजीनामा दिएका हुन् । चेरिफको राजीनामा उनको नियुक्तिको ठीक चार महिनापछि आएको हो । मार्च ७ र ८ तारिखको बीचमा सेप्टिक शकको कारण ११ बच्चाहरुको मृत्यु भएको थियो । ट्युनिसियाको पेडियाट्रिक सोसाइटले अस्पतालमा संक्रमणको कारण शिशुको मृत्यु भएको हुनसक्ने जनाएको छ ।

प्रधानमन्त्री युसुफ छेडले औषधि लगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु गरिएको बताएका छन् । ट्युनिसियाको सार्वजनिक स्वास्थ्य सेवा उत्तरी अमेरिकामै उत्कृष्ट मानिन्छ । साथै चिकित्सा क्षेत्र राजश्वको एक प्रमुख स्रोत मानिन्छ । तर सन् २०११ मा राष्ट्रपति जिन अल अबिदिनको सत्ताच्युत भएपछि स्वास्थ्य सेवा प्रभावित भएको मानिन्छ । आर्थिक, व्यवस्थापकीय कमजोरीको कारण औषधि अभाव लगायतका समस्या ट्युनिसियाले झेल्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);