प्रसुति अस्पतालमा रुसी मिसाइल प्रहार, नवजात शिशुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

प्रसुति अस्पतालमा रुसी मिसाइल प्रहार, नवजात शिशुको मृत्यु

किभ ।बुधबार दक्षिणपूर्वी युक्रेनको भिल्निआन्स्क सहरमा रहेको प्रसुती अस्पतालमा रुसी मिसाइल आक्रमणमा एक नवजात शिशुको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणको समयमा अस्पताल रहेको दुई तले भवनमा नवजात शिशु र एक डाक्टर सहितएक महिला थिए ।‘डाक्टर र आमालाई उद्धार गरिएको थियो । तर, बच्चाको मृत्यु भयो’, अकस्मिक सेवाले भनेको छ । विस्फोटपछि भग्नावशेष बनेको भवनबाट धुँवाको कालो मुस्लो निस्किएको थियो । भत्किएको प्रसुति वार्डको भग्नावशेषमा कम्मरसम्म पुरिएका व्यक्तिलाई उद्दार गर्न खोजेको भिडियो सार्वजनिक भएको छ ।

Leave a Reply