कोभिड १९ ले बालबालिकामा स्ट्रोकको जोखिम बढाउछः अध्ययन | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

कोभिड १९ ले बालबालिकामा स्ट्रोकको जोखिम बढाउछः अध्ययन

न्युयोर्क।  अमेरिकामा गरिएको एउटा सानो अध्ययनअनुसार कोभिड–१९ संक्रमणपछि बालबालिकामा स्ट्रोकको जोखिम बढेको हुनसक्छ । पेडियाट्रिक न्युरोलोजी जर्नलमा यस हप्ता प्रकाशित भएको अनुसन्धानले मार्च २०२० र जुन २०२१ को बीचमा इस्केमिक स्ट्रोक भएका १६ अस्पतालका बिरामीहरूलाई पहिचान गर्न मेडिकल चार्ट र निदान कोडहरूको समीक्षा गरेको थियो ।तीमध्ये धेरै जसो स्ट्रोक फेब्रुवरीदेखि सन् २०२१ को बीचको अवधिमा भएको थियो (बालबालिकामा कोभिड संक्रमण उच्च विन्दुमा पुगेको केही समयपछि)  । कोभिड एन्टिबडी परीक्षण गरिएकामध्ये झन्डै आधामा कोभिड पोजेटिभ परीक्षण गरियो ।

अनुसन्धानकर्ताहरूका अनुसार १६ जनामध्ये कोही पनि भाइरसबाट गम्भीर बिरामी भएका थिएनन् भने केही  एसिम्प्टोमेटिक थिए ।  उटाह हेल्थ विश्वविद्यालयका बालरोग विज्ञ तथा अध्ययनका प्रमुख लेखक मेरीग्लेन जे. भिलेक्सले भनिन्, ‘पछि आउने हाइपर–इम्यून प्रतिक्रियाले बच्चाहरूको रगत बाक्लो बनाउँछ ।’भिलेक्सले अगाडि थपिन्, ‘समग्रमा बच्चाहरू स्ट्रोकको लागि अपेक्षाकृत रुपमा कम जोखिममा हुन्छन् । तर, कोभिडपछि एक दुर्लभ तर वास्तविक जोखिम छ । ’

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

५ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

५ घन्टा अघि

Duel Bet: The Casino Showdown

५ घन्टा अघि