एमाले अलोकतान्त्रिक पार्टी बन्यो : अध्यक्ष नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले अलोकतान्त्रिक पार्टी बन्यो : अध्यक्ष नेपाल

काठमाडौं, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताएका छन् । बुधवार मदन—आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

उनले नेकपा एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरू हटाउन एमाले नेता तथा कार्यकर्ताहरूलाई सुझाव दिए । उनले एमालेभित्र नीति भन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाए । उनले नेकपा एमालेले जबजबाट विचलित भएको आरोप लगाए ।

अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको उल्लेख गर्दै नेपालमा काँग्रेस, कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताए ।

सरकारमा रहेकाहरूमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको नेपालको भनाई छ । उनले नेपालको राजनीतिलाई कसरी भ्रष्टिकरणबाट जोगाउने ? नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी भ्रष्टिकरणबाट जोगाउने ? भन्ने ठूलो चुनौती रहेको बताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);