असाधारण जनमतका साथ पुन सरकारमा आउने ओलीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

असाधारण जनमतका साथ पुन सरकारमा आउने ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण जनमतका साथ पुन सरकारमा आउने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफू अन्य कुनै बाटोबाट नभई असाधारण जनमतबाट पुन सरकारमा आउने दाबी गरेका हुन् । नेपाली जनताले आफ्नो काम देखेर आफूलाइ प्रधानमन्त्री बनाएको उनको भनाई छ ।

आफू कुनै गठबन्धनबाट नभई जनमतबाट प्रधानमन्त्री भएको पनि उनले दोहो-याए । उनले भने–‘‘म कुनै जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । परमादेशबाट पनि प्रधानमन्त्री भएको होइन । जनमत बाट प्रधानमन्त्री भएको हँु । नेपाली जनताको विश्वासबाट भएको हँु ।’’

अलोकतान्त्रिक असंवैधानिक गठबन्धनले आफ्नो प्रधानमन्त्री पद खोसेको उनले जिकिर गरे । त्यसैगरी ओलीले आफूमाथि निकै प्रहार भएको तर आफूलाई केही चिन्ता नभएको समेत बताए । समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य लिएर हिँडेकालाई यस्ता साना तिना गाली गलौजले फरक नपार्ने उनको भनाई छ ।

साथै रकार गठन भएको एक महिना वित्दा पनि केही नगरेकोमा उनले सरकारको आलोचना समेत गरे । एक महिता वित्दा पनि मन्त्रिमण्डलले समेत पूर्णता पाउन नसकेको भन्दो उनले आलोचना गरे । अझै कति दिन सम्म वर्तमान सरकार धन्यवाद र बधाईको शुभकामना गर्दै बस्ने हो भन्दै कटाक्ष समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);