आज हनुमान जयन्ती, हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्नुको साथै संकटबाट मुक्ति पाइने | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

आज हनुमान जयन्ती, हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्नुको साथै संकटबाट मुक्ति पाइने

काठमाडौं । आज हनुमान जयन्ती, प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज मंगलबार देशभर मनाइँदै छ । यस अवसरमा सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् । आजका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुख र संकटबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

हनुमानलाई ‘मङ्गलमूरत’को रूपमा अथवा संकट मोचकको रूपमा पनि पूजन गर्ने गरिन्छ । बज्रको जस्तो समान शरीर भएकाले हनुमानलाई बजरङ्गबली पनि भनिन्छ ।

यसैगरी पवन देवले हनुमानको पालन पोषणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकाले हनुमानलाई पवनपुत्र पनि भनिन्छ । यस अवसरमा काठमाडौंको हनुमान ढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ ।

जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिने हनुमानलाई वायुका छोरा पनि मानिन्छ । शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ । त्यस्तै वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले जन्म लिनुभएको वर्णन गरिएको पाइन्छ ।

स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगतमा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ । पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

हनुमानले भक्तियोग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पूजा गर्ने चलन छ ।

हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ । मंगलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकोमा यस वर्ष हनुमान जयन्ती मंगलबार नै परेकाले पनि विशेष अवसर मानिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);