आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै

ekadashi

काठमाडौं, १७ असार । आज हरिशयनी एकादशी हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको विरुवा सारेर मनाउँदै छन् । आषाढ शुक्ल एकादशीका दिन पर्ने यो दिन तुलसीरोपण एकादशी भनेर पनि चिनिन्छ ।

वैदिक शास्त्रहरूमा यस एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा व्याख्या गरिएको छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बीऊलाई आज रोपेर पूजा गरिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने र चार महीनापछि हरिबोधनी एकादशीमा जाग्ने विश्वास छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ । आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

यस दिन अघिल्ला बर्षहरुमा बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्ने भएको भएपनि यस वर्ष कोरोना महामारीका कारण भक्तालुहरुको भीड देखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);