आज हरिबोधिनी एकादशी पर्व, तुलसीको पूजा आराधना गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

आज हरिबोधिनी एकादशी पर्व, तुलसीको पूजा आराधना गरी मनाइँदै

tulasi

काठमाडौं, २२ कात्तिक । कार्तिक शुक्ल एकादशीका दिन शुक्रबार औषधिको गुण युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने धार्मिक परम्परा छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर हरिबोधिनी एकादशीमा विष्णुको तुलसीसँग विवाह गर्ने धार्मिक चलन छ ।

कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने शास्त्रमा उल्लेख छ । पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);