हरिबोधिनी एकादशीमा चाँगुनारायणमा भक्तजनको भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

हरिबोधिनी एकादशीमा चाँगुनारायणमा भक्तजनको भीड

काठमाडौं,७ मंसिर । आज हरिबोधिनी एकादशी । तुलसी र दामोदरको विवाह गरी हरिबोधनी एकादशी मनाइँदै छ । चार महिनासम्म भगवान विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दे आएकोमा आज भने तुलसी र दामोदरको विवाह गरिन्छ ।

आषाढ शुक्ल एकादशी अर्था् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी) एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आज काठमाडौंको चाँगुनारायण, बुढानीलकण्ठ लगायत भगवान श्रीवृष्णुको मन्दिरमा विशेष मेला लाग्छ । आज चाँगुनारायणमा पनि हरिबोधिनी एकादशीको अवसरमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);