स्कुल र कलेजको बस ठोक्किदा चार बालबालिकासहित पाँच जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

स्कुल र कलेजको बस ठोक्किदा चार बालबालिकासहित पाँच जनाको मृत्यु

काठमाडौं,१३ कात्तिक । उत्तर प्रदेशको बदाऊन जिल्लामा सोमबार बिहान दुईवटा स्कूल गाडी एक आपसमा ठोक्किँदा चार बालबालिका र एक चालकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आठ बालबालिकालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालमा भर्ना भएका सबै आठ बालबालिकाको उपचार भइरहेको छ । सोमबार बिहान करिब ८ः४५ बजे बडाउँको नयाँगञ्ज नजिक उक्त दुर्घटना भएको हो । दुबै सवारी साधनको स्पीड अत्याधिक भएकाले एकआपसमा ठोक्किएको बताइएको छ । भ्यान म्याउ सहरको एसआरपीएस स्कुल भ्यान थियो भने सत्यदेव इन्टर कलेजको बस गाउँका विद्यार्थी बोकेर आएको थियो ।

उसावन थाना क्षेत्रको नयाँगञ्ज गाउँ नजिकै एसआरपीएस इङ्लिस मिडियम स्कुल गौत्राको भ्यान र सत्यदेव इन्टर कलेज म्याउका विद्यार्थी बोकेको बस एकआपसमा ठोक्किएको हो । दुर्घटनामा भ्यान चालक र भ्यानमा रहेका विद्यार्थीको मृत्यु भएको छ भने बस र भ्यानमा सवार १२ विद्यार्थी घाइते भएका छन् । दुर्घटनापछि घटनास्थलमा अस्तव्यस्त भएको थियो । खबर पाएलगत्तै बालबालिकाका आफन्त पनि पुगेका थिए । घाइते बालबालिकालाई बाहिर निकालेर सडकमा राखिएको थियो, जसका कारण धेरै बालबालिकाको मृत्यु भएको खबर फैलिएको थियो ।

सूचना पाएलगत्तै धेरै प्रहरी चौकीका प्रहरी घटनास्थलमा पुगेका थिए । घाइते सबैलाई सीएचसी म्याउ पठाइएको छ। त्यहाँबाट घाइते आठ जनालाई जिल्ला अस्पताल रिफर गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);