विपन्न, बिरामी र बिरामी कुरुवालाई इलामेली किचेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विपन्न, बिरामी र बिरामी कुरुवालाई इलामेली किचेन

ilam

टिका खतिवडा

इलाम, १० वैशाख । लकडाउनका समयमा जिल्लामा खाद्यान्न लिन र उपचारका लागि इलाम अस्पताल आएका बिरामी र बिरामीका कुरुवाहरुलाई निशुल्क खाना खुवाउन युवाहरुले अभियान नै चलाएका छन् । इलामेली किचन नाम दिएर इलामका युवाले अभियान संचालन गरेका हुन् ।

लम्बिदै गरेको लकडाउनका कारण छाक टार्न पनि समस्या भएका विपन्न वर्गलाई लक्षित गरी इलाममा युवाहरुले निशुल्क खाना खुवाउने अभियान संचालन गरेका छन् । दैनिक ज्यालामजदुरी गरी जिविकोपार्जन गर्दै आएका एवम् सडक पेटीमा बस्नेहरुलाई इलाम बजारमा निशुल्क खाना खुवाउने थालिएको हो । इलाम नगरपालिकाको सहकार्यमा स्थानीय युवाहरुको सक्रियतामा इलाम बजारमा इलामेली किचेनको नाम दिई खाना खुवाउने व्यवस्था गरिएको छ । बजार झरेर खान नपाएका, बिरामी र बिरामी कुरुवालाई निशुल्क खाना खुवाइएको हो । स्थानीय युवाको स.सक्रियतामा गत चैत १५ गतेबाट निशुल्क खाना खुवाउने अभियान थालिएको हो ।

इलाम बजार पूर्णरुपमा बन्द छ । फाट्टफुट्ट रुपमा खाद्यान्न पसल खुलेको छ । बैंकका एटीएमहरु मात्र खुलेको छन् । दिनमा काम गरी साँझ बिहान हात मुख जोड्नेको अवस्था अत्यन्त दयनीय छ । अभियान अन्तर्गत हाल दैनिक करिब १ सय जनाले खाना खान पाईरहेका छछन् ।

बिहान ६ बजेदेखि रातिको साढे १० सम्म खाना खुवाउने गरिएको खाना खुवाइदै आएको छ । शुरुवाती चरणमा स्थानीय युवाहरुले २२ हजार खर्च गरेर थालिएको भएपनि यतिबेला दाताहरुले सहयोग जुटाइरहेका छन् । युवाहरुको सक्रियता, दाताको दानले भोकको डरमा, रहेका विपन्न,बिरामी र बिरामी आफन्तलाई ठूलो राहत मिलेको छ । विपत्तिमा परेकालाई सहयोग गरी मानवीय उद्दार गर्ने युवाहरुको कार्य अन्यका लागि पनि अनुकरणीय हुन सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);